गृहपृष्ठ खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिन्छ

खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिन्छ

सरकारले देशैभर ‘खोलौं बैंक खाता’ अभियान गरेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिनबाट ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले राष्ट्रियसभा गृहबाट गरेका छन् ।

अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा अभियान सुरु गरिएको हो । नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पनि पाउने छन् ।

खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई १ सय रुपैयाँ राखिदिएर ग्राहकहरुको बैंक खाता खोलिदिन भनेकाे छ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु