गृहपृष्ठ माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड

machhapuchere-newskarobar

माछापुच्छ्रे बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले असार मसान्तसम्ममा करिब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा सापटी ७५ अर्ब २९ करोड र सेयरमा ११ अर्ब १५ करोड लगानी छ । बैंकले गत वर्ष १४ अर्ब निक्षेप वृद्धि गरेको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले ३ अर्बभन्दा बढी लगानी थपेको छ । बैंकको वासलातको आकार १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ०.३७ प्रतिशतमा झरेको छ भने बेस रेट १०.३७ प्रतिशत कायम भएको छ ।

प्रकाशित समय २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु