गृहपृष्ठ म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा स्थापना

म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा स्थापना

Kamana-Sewa-newskarobar

कामना सेवा विकास बैंकले म्याग्दी र नवलपरासीमा शाखा स्थापना गरेको छ । बैंकले म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजार र नवलपरासीपूर्वको गैंडाकोट नगरपालिका–४ बेल्डिहामा शाखा विस्तार गरेको हो ।

बैंकले साउन ३ गते दुवै शाखा कार्यालय स्थापना गरेको हो । बेनी शाखाको उद्घाटन बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले गरे । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बैंकका गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोलालगायतको उपस्थिति थियो ।

यसैगरी गैंडाकोट नगरपालिका प्रमुख क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको उद्घाटन गरे । यससँगै बैंकको शाखा संख्या ९६ पुगेको छ ।

प्रकाशित समय २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु