गृहपृष्ठ महालक्ष्मी विकास बैंकका १ हजार २५० ऋणीलाई ब्याजमा सहुलियत
महालक्ष्मी विकास बैंकका १ हजार २५० ऋणीलाई ब्याजमा सहुलियत
महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण पेसा, व्यवसाय तथा उद्योगहरुमा परेको असरलाई मध्यनजर गर्दै ऋणीलाई ब्याजमा सहुलियत दिएको छ । बैंकले ऋणीलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधिअन्तर्गत आवश्यक प्रबन्ध गरी लघुघरेलु तथा साना उद्यम सञ्चालन गरिरहेका १ हजार २५० भन्दा बढी ऋणीको ७२ करोडभन्दा बढी कर्जाको ब्याजदर घटाएर ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको हो ।
पुनर्कर्जा सुविधाका लागि कोभिड १९ को असर परेका उद्यमीका साथै सामाजिक, आर्थिक दृष्टिले पिछडिएका विपन्न वर्ग, कृषक तथा महिलालाई प्राथमिकता दिएको बैंकले जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकका ग्राहक ५ लाखभन्दा धेरै छन् ।
प्रकाशित समय १५:४३ बजे

















