गृहपृष्ठ क्यूआर कोड अभियान चलाउँदै राष्ट्र बैँक

क्यूआर कोड अभियान चलाउँदै राष्ट्र बैँक

नेपाल राष्ट्र बैँकले क्यूआर कोड अभियान सञ्चालन गर्ने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको  पहिलो ‘इनडस्ट्री‑गभर्मेन्ट डाइलग’ कार्यक्रममा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘राष्ट्र बैँकले तरकारी बजारदेखि हरेक पसल‑पसलसम्म नोटको प्रयोग कम गर्ने उद्देश्यले चाँडै क्यूआर कोड अभियान सञ्चालन गर्दै छ ।’

क्यूआर कोड अभियानले सतहमा नोटको प्रयोग कम गर्ने भए पनि यथार्थमा वित्तीय सुशासन र व्यावसायिक पारदर्शिता कायम गर्ने उनले स्पष्ट पारे । सूचना प्रविधि क्षेत्रमा कार्यरत व्यक्तित्व र विज्ञहरूलाई सम्बोधन गर्दै उनले ‘हामी नीतिगत रुपमा अघि बढ्छौँ, त्यस परिधिभित्र रहेर कसरी काम गर्ने त्यो तपाईंहरूको जिम्मामा छ ।’

प्रकाशित समय ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु