गृहपृष्ठ ‘आरटीजीएस’ प्रणालीमा ८ विकास बैँक र २ वित्त कम्पनी आबद्ध

‘आरटीजीएस’ प्रणालीमा ८ विकास बैँक र २ वित्त कम्पनी आबद्ध

आरटीजीएस उद्घाटन गर्दै तत्कालीन गर्भनर डा. चिरञ्जीवी नेपाल र लर्ड मेयर अफ लन्डनका पिटर एलिस्टन । फाइल तस्बिर ।

नेपाल राष्ट्र बैँकको ‘रियल टाइभ ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणालीमा १० वटा संस्था थपिएका छन् । यसअघि २७ वाणिज्य बैँकमात्र आरटीजीएस प्रणालीमा आबद्ध रहेकोमा पुस २४ गतेदेखि आठ विकास बैँक र दुईवटा वित्त कम्पनी पनि थपिएको राष्ट्र बैँक भुक्तानी प्रणाली विभागले जनाएको छ ।

राष्ट्र बैँकका अनुसार आरटीजीएस प्रणालीमा ज्योति विकास बैँक, महालक्ष्मी विकास बैँक, मुक्तिनाथ विकास बैँक, कामना सेवा विकास बैँक, गरिमा विकास बैँक, सांग्रिला डेभलपमेन्ट बैँक, साइन रेसुंगा डेभलपमेन्ट बैँक, लुम्बिनी विकास बैँक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स थपिएका हुन् ।

राष्ट्र बैँकले २०७६ साल भदौ २९ गतेदेखि आरटीजीएस प्रणाली सुरु गरेको हो । यसमा आबद्ध संस्थाहरूबीच २ लाख रूपैयाँभन्दा माथिको कारोबारमा चेक नकाटी रियल टाइममा भुक्तानी गर्न सकिन्छ । एउटा बैँकमा खाता भएको व्यक्तिले अर्को बैँकमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन सहजताका लागि यो प्रणाली लागू गरिएको हो । विगतमा चेकबाट मात्रै भुक्तानी हुन्थ्यो, जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु