गृहपृष्ठ सबैभन्दा कम खराब कर्जा सानिमा र बढी सिभिल बैंकको
सबैभन्दा कम खराब कर्जा सानिमा र बढी सिभिल बैंकको
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम खराब कर्जा ९एनपीएल० सानिमा बैंकको छ । सबैभन्दा बढी खराब कर्जा सिभिल बैंकको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा सानिमाले एनपीएल घटाएर ०।०३ प्रतिशत कायम गरेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा सानिमाको खराब कर्जा ०।१४ प्रतिशत थियो । सिभिल बैंकको ४।५२ प्रतिशत खराब कर्जा छ । पहिलो त्रैमाशमा सिभिलको खराब कर्जा ४।६९ प्रतिशत थियो । सिभिलले खराब कर्जा केही घटाएको उसको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै नेपाल एसबीआई बैंकको ०।१३ प्रतिशत छ । पहिलो त्रैमाशमा एसबीआईको १३ प्रतिशतनै थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०।१७ प्रतिशत छ । पहिलो त्रैमाशमा ०।१८ प्रतिशत खराब कर्जा थियो । एभरेष्ट बैंकको ०।२५ प्रतिशत छ । पहिलो त्रैमाशमा एभरेष्टको ०।२६ प्रतिशत खराब कर्जा थियो । खराब कर्जा १ प्रतिशत भन्दा कम हुनेमा एनआईसी एसिया बैंकको ०।२६ र माछापुच्छ«े बैंकको ०।३३, सेन्चुरी कमर्शियल बैंकको ०।९९ प्रतिशत छ ।
यस्तै प्रभु बैंकको खराब कर्जा ४।१२ प्रतिशत छ । पहिलो त्रैमाशमा प्रभुको खराब कर्जा ४।२३ प्रतिशत थियो । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श ९एनसीसी० बैंकको ४ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाशमा एनसीसीको ४।२३ प्रतिशत खराब कर्जा थियो । कृषि विकास बैंकको बढेर ३।९५
प्रतिशत पुगेको छ । पहिलो त्रैमाशमा यस्तो कर्जा ३।५४ प्रतिशत थियो । नेपाल बैंकको खराब कर्जा घटेर ३।२३ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाशमा ३।४२ प्रतिशत खराब कर्जा थियो ।
कुन बैंकको कति रु
सिभिल बैंक ४।५२, प्रभु बैंक ४।१२, एनसीसी बैंक ४।०४, कृषि विकास बैंकको ३।९५, नेपाल बैंक ३।२३, जनता बैंक २।६५, राष्ट्रिय वाणिज्य बैंक २।११, बैंक अफ काठमाण्डु १।८६, सनराईज बैंक १।६५, ग्लोबल आईएमई बैंक १।६१, कुमारी बैंक १।६१, सिद्धार्थ बैंक १।५०, प्राइम कमर्शियल बैंक १।४३, नेपाल बंगलादेश बैंक १।४७ रहेको छ ।
यस्तै, सिटिजन्स बैंक १।२५, हिमालयन बैंक १।३२, लक्ष्मी बैंक १।२९, एनएमबी बैंक, १।२०, नविल बैंक १।१३, नेपाल इन्भेष्टमेन्ट बैंक १।१२, सेन्चुरी कमर्शियल बैंक ०।९९, मेगा बैंक ०।९६, माछापुच्छ बैंक ०।३३, एनआईसी एसिया ०।२६, एभरेष्ट बैंक ०।२५, स्ट्याण्डर्ड चार्टर्ड बैंक ०।१७, नेपाल एसबीआई बैंक ०।१३ र सानिमा बैंकको ०।०३ प्रतिशत रहेको छ ।
साभारः विकासन्यूज
प्रकाशित समय १०:२५ बजे

















