गृहपृष्ठ सन्दीपलाई सानिमा बैंकको साथ

सन्दीपलाई सानिमा बैंकको साथ

काठमाडौं, फागुन १०  नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ । इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीबार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता थप गरेको हो ।
सानिमा बैंकका सिईओ भुवन दाहालले दुई वर्षको लागि सम्झौता नविकरण गरेको र सम्झौता रकम यसअघिको भन्दा दोब्बर रहेको बताए । ‘हामीले दुई वर्षको लागि सम्झौता थप गरेका छौँ । यसअघि मासिक २० हजार थियो अब मासिक ४० हजार भएको छ ।’ दाहालले भने । सीईओ दाहाल र सन्दीपले सम्झौतापत्रमा आदानप्रदान गरे । सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा शनसनीपूर्ण प्रदर्शन गरेपछि क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा सन्दीपले सानिमा बैंकको साथ पाएका थिए । त्यसयता सन्दीपले सिनियर टिममा डेब्यु गर्दै हङकङ र अष्ट्रेलियामा समेत खेलिसकेका छन् भने आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । दिल्ली डेयर डेभिल्सले बेस प्राइज २० लाख भारुमा सन्दीपलाई किनेको हो ।
नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाललाई शीर्ष दुई स्थानमा पु¥याउने क्रममा सन्दीपले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए । खेलेका प्रत्येक खेलमा विकेट लिएका सन्दीप म्यान अफ दी सिरिज समेत घोषणा भएको थिए । यसैगरी कप्तान पारस खड्काले नेपालका लागि सर्वाधिक २४१ रन बनाएका थिए । सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै खेलाडीलाई सानिमा बैंकले सम्मान गरेको हो । यस्तै आइपीएलमा छनोट भएर नेपालको गौरब बढाएको भन्दै बैंकले सन्दीपलाई दोहोरो सम्मान ग¥यो । सानिमा बैंकका ब्रान्ड एम्बासडरद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी)ले सन्दीप र पारसलाई सम्मान गरे ।
सम्झौता नविकरणसँगै सम्मानित भएपछि सन्दीपले दुई वर्षअघि सिप्यानको सहयोगमा सानिमासँग जोडिएको स्मरण गर्दै आफूहरु नेपालकलाई चिनाउन लागिपरेको बताए । उनले भने– ‘सानिमाले दिएको हौसलाप्रति गौरवान्वित भएको छु । यस्तै कप्तान पारसले जितेपछि उत्साहित हुने भन्दा पनि सबै मिलेर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अगाडी लैजानुपर्ने बताए ।

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु