गृहपृष्ठ प्रहरी चौकी निर्माण लक्ष्मी बैंकको आर्थिक सहयोग
प्रहरी चौकी निर्माण लक्ष्मी बैंकको आर्थिक सहयोग
काठमाडौं । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ । सोे शाखा कार्यालयको उद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई रु ५ लाखको चेक प्रदान गरे ।
उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो । गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।
प्रकाशित समय ०८:१८ बजे