गृहपृष्ठ काठमाडौंमा सञ्जाल बढाउदै मुक्तिनाथ

काठमाडौंमा सञ्जाल बढाउदै मुक्तिनाथ

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा नयाँ शाखा विस्तार गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. तिलक बहादुर रावलले बैंकिङ क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको योगदानको चर्चा गनुगरे । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिए । उनले मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिए ।

उद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरे । उक्त उद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखे । आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गरे । सोही अवसरमा उनले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताए ।
न्युरोड शाखासहित अब काठमाडौँ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यकाबाहिर ६५ वटा शाखा गरी मुक्तिनाथ विकास बैंकको शाखा संख्या ७४ पुगेको छ । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु