गृहपृष्ठ को बन्ला नेपालकै पहिलो सिइओ अफ् दि इयर ?

को बन्ला नेपालकै पहिलो सिइओ अफ् दि इयर ?


काठमाडौं । नेपालको अर्थ व्यवसाय जगतमा अहिले चर्चाको विषय बनेको छ, को बन्ला नेपालकै पहिलोे सिइओ अफ् दि इयर ? अर्थ तथा व्यवसाय जगतमा कृयाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि काठमाडौमा एक भव्य समारोहकाबीच यो अर्वाड प्रदान गर्न लागिएको हो ।
नेपालमा नै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ समिट तथा अर्वाड कार्यक्रममा नेपालमा कृयाशील सरकारी तथा निजी अर्थ तथा व्यवसाय क्षेत्रका ६ जना व्यक्तिलाई अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
सिइओ अफ् दि इयर, सिइओ अफ दि इयर योंग, सिइओ अफ् दि इयर फिमेल, पपुलर सिइओ अफ् दि इयर, सिइओ अफ् दि इयर एस.एम.इ. र सिइओ अफ् दि इयर पब्लिक सेक्टर विधामा दिन लागिएको अवार्डको हाल छनौट तथा रिर्सच कार्य भैरहेको इभेन्ट संयोजक भावुक आचार्यले जानकारी दिएका छन् ।
फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा पहिलो पटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा बिजनेस लिडरहरुको सहभागितामा कार्यक्रम हुन लागेको हो । बदलिँदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन भन्ने कुरा समिटको पहिलो विषय हुने पनि आयोजकको दावी रहेको छ ।
समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिईओहरु र नेतृत्वकर्ताहरुले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन् र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ ।
यस समिट तथा अवार्डमा सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले यही फागुन १३ गते अर्थात फेब्रुअरी २५ सम्म http://nepalceosummit.com/nomination/ मा गई अनलाइन आवेदन फर्म भर्न सक्नेछन् ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु