गृहपृष्ठ बैंकिङ सेवाको अभावमा चाँगुनारायण
बैंकिङ सेवाको अभावमा चाँगुनारायण
भक्तपुर, २२ फागुन । नेपाल राष्ट्र बैंकले एक स्थानीय तहमा कम्तीमा एक वाणिज्य बैंक खोल्ने नीति लिए पनि हाल सम्म बैंकिङ काठमाडौँसँग जोडिएको चाँगुनारायणमा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् ।
चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दैआएका छन् ।
“सहकारीबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ,” ताथलीका मोहनकुमार छुँकाले भने । सरकारले रु १० लाखभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि समस्या भएको हो ।
प्रकाशित समय १७:५९ बजे