गृहपृष्ठ ओम डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्वाचित १७.६९ प्रतिशत बोनस पारित

ओम डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्वाचित १७.६९ प्रतिशत बोनस पारित

काठमाडौं । १७.६९ प्रतिशत बोनस सेयर ओम डेभलपमेन्ट बैंक लिमिटेडको पारित भएको छ । शुक्रबार बैंकको ११औं वार्षिक साधारणसभाले आ.व. २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकको बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी २ अर्ब ५१ करोड पुगेको छ । गत आ.व.मा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै, बैंकले सो अवधिमा ३९ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले गत आर्थिक वर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि गरेको हो ।
सभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । बैंकले सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल, योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्मकुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको हो ।
निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशीलकुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

प्रकाशित समय २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु