गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको शाखा विस्तार
मुक्तिनाथ विकास बैंकको शाखा विस्तार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाण्डौको चावहिलमा नवौ शाखा सञ्चालनमा ल्याएको छ । उक्त बैंक नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले उद्घाटन गरे । कार्यक्रममा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य गरे । प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा विस्तृत जानकारी दिए । मुक्तिनाथ विकास बैंकको हाल ७४ वटा शाखाहरु संचालनमा छन् ।
प्रकाशित समय ०८:३३ बजे