गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्सको सेवा अब ज्योति विकास बैंकबाट

गुराँस लाइफ इन्स्योरेन्सको सेवा अब ज्योति विकास बैंकबाट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने जानकारी दिएको छ ।

अहिले बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराउँदै आएको बैंकको भनाइ छ ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु