गृहपृष्ठ नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्सको लागि सम्झौता भएको छ। कम्पनीका कर्पोरेट मार्केटिङ प्रमुख पवन कुमार खड्का र बैंकका नायव महाप्रबन्धक केशव राज पौडले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकले एकद्धार सेवा प्रणाली मार्फत जीवन बीमा सेवा उपलव्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको जनाएको छ। बैंकका अनुसार बैंकका सबै शाखा कार्यालयबाट नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी बिक्री गर्ने तथा अन्य सेवा प्रदान गर्नेछ। बैंकको हाल १ सय २४ वटा भन्दा धेरै शाखा तथा उपशाखा रहेका छन्। जीबन बीमा कम्पनीमध्ये राम्रो बोनस प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलार्इ ६५ देखि ८२ रुपैयाँ (प्रतिहजार) बोनस दिँदै आएको  जनाएको छ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु