गृहपृष्ठ बैंकद्वारा कर्णालीका विद्यार्थीलाई एनआईसी एशियाको छात्रवृत्ति

बैंकद्वारा कर्णालीका विद्यार्थीलाई एनआईसी एशियाको छात्रवृत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द्वपीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ । बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगिसकेको जनाएको छ ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु