गृहपृष्ठ शेयर बजामा लगानीकर्ताको विश्वास बढ्यो, एकैदिन ४४ अंककको वृद्धि

शेयर बजामा लगानीकर्ताको विश्वास बढ्यो, एकैदिन ४४ अंककको वृद्धि

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि आइतबार सेयर बजारमा उछाल आएको छ । बजारमा उछाल आउदा बजार ४४ अंक बढेको छ । नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबा ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढेर साढे ५१ अंकमा पुगेको थियो ।
त्यसपछि घटेर २६ अंकमा सीमित भएकोमा पुनः उकालो लागेर ४४ अंकमा पुगेको छ । यो एक महिनायताको सबैभन्दा बढी कारोबार हो । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पानमुलक, विकास बैंक र व्यापार सबै क्षेत्रको सेयर बढेको छ । गत मंगलबारदेखि बढ्न थालेको बजार आइतबासम्म कायम रहेको छ ।
चार कार्यदिनमा सेयर बजार १०१ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी सेयर सूर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको सेयर १० प्रतिशत बढेको छ । एक दर्जन कम्पनीको सेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ ।
बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु