गृहपृष्ठ मेगा बैंकले ल्यायो नयाँ वर्षमा नयाँ अफर
मेगा बैंकले ल्यायो नयाँ वर्षमा नयाँ अफर
काठमाडौं /मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई बचत र मुद्दती खातामा नयाँ अफर ल्याएको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवा निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेन्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् । यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई ५ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दती खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक वर्षे मुद्दती खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दती खाता अहिले पनि सञ्चालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दती खाता वैशाख २ बाट सञ्चालनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ । ग्राहकको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ वर्षको खुसियालीमा नयाँ सुविधा ल्याएको मेगा बैंककी कायममुकाम सीईओ अनुपमा खुञ्जेलीले बताएको पनि बैंकले जनाएको छ ।
प्रकाशित समय ०९:५१ बजे