गृहपृष्ठ बैंक खोज्दैसार्वजनिक संस्था

बैंक खोज्दैसार्वजनिक संस्था

काठमाडौं । आधा दर्जन सार्वजनिक संस्थाले मुद्धति निक्षेपमा लगानी गर्ने वाणिज्य बैंकसंग प्रस्ताव मागेका छन् । बीमा समिति, नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र समाज कल्याण परिषदले आफुसंग भएको वचत मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेका हुन् । बीमा समितिले दिने ब्याजदर सहित रकम २१ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । लगानी कोषले न्युनतम त्रैमाशिक ब्याज भुक्तानी हुने गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा राख्ने जानकारी दिएको छ । आउदो बैशाख ५ गते निक्षेप लिनका लागि बोलपत्र बुझाउन कोषले भनेको छ । ब्याजदर न्युनतम १० प्रतिशतलाई मात्र मान्यता दिने जनाएको छ । यस्तै पुनर्बीमा कम्पनीले पनि आफुसंग भएको रकम २ वर्षका लागि मुद्धति निक्षेपमा राख्न प्रस्ताव मागेको छ । कम्पनीले बैशाख ४ गतेसम्म प्रस्ताव बुझाउन भनेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि संस्थागत निक्षेपकर्ताबाट बैंकले १३ प्रतिशतमा निक्षेप लिएका थिए । निक्षेप महंगो भएको भन्दै बैंकले मुद्धतिमा बढीमा ११ र साधारण वचतमा ८ प्रतिशत भन्दा बढीमा निक्षेप नउठाउने आन्तरिक सहमति गरेका छन् । बैंकले सर्वसाधरणलाई बराबर ११ प्रतिशत ब्याजमा निक्षेप उठाउने भएका छन् ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु