गृहपृष्ठ हावाबाट विजुली निकाल्न एसियाली विकास बैंकले ऋण सहयोगमा गर्ने

हावाबाट विजुली निकाल्न एसियाली विकास बैंकले ऋण सहयोगमा गर्ने

 पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्बर–२ का अध्यक्ष सन्तोष शेर्माले जानकारी दिनुभयो । अहिले ४ करोड ५० लाख रुपैयाँको लागतमा काम अघि बढ्न लागेको छ । यसका लागि टपसन एनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभीले ठेक्का लिएका छन् । सप्तमी सौर्य वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको यो आयोजना ६ महिनाभित्र सक्नुपर्ने छ । यसका लागि समुदायले १० प्रतिशत रकम संकलन गर्नेछन् । यो आयोजना सफल भएमा ७० किलोवाट विद्युत् उत्पादन हुने र सप्तमी बजारका १ सय ७ घरधुरी लाभान्वित हुने बताइएको छ । अन्य स्थानभन्दा बढी हावा चल्ने सप्तमी बजार डाँडामा यसका लागि टावरसमेत निर्माण भइसकेको छ ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु