गृहपृष्ठ राष्ट्र बैंकलाई २७ अर्ब ६३ करोड डलर र सुन कारोबारमा घाटा

राष्ट्र बैंकलाई २७ अर्ब ६३ करोड डलर र सुन कारोबारमा घाटा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय र सुनको मूल्यमा भएको घटबढको कारण अर्बौ गुमाउनु परेको छ । गत आर्थिक वर्षमा विदेशी मुद्रा र सुन कारोबारमा सामान्य घटबढ हुँदा २७ अर्ब ६३ करोड रुपैयाँ गुमाएको थियो ।

महालेखा परिक्षकको कार्यालयका अनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड र सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएकोे छ । महालेखाले यस्तो क्षति न्युनिकरण गर्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग फण्ड उपकरणको प्रयोग गर्न केन्द्रीय बैंकलाई सुझाब दिएको छ । हेजिङ फण्ड उपकरण प्रयोग नगरे आगामी दिनमा थप दायित्व बढ्ने सुझाएको छ ।

यता विदेशी प्रवद्र्धंकसंग अमेरिकी डलरमा बिजुली खरिद ९डलर पीपीए० गर्दा नेपाल विद्युत प्राधिकरणलाई अर्बो रुपैयाँ दायित्व थप भएको र आगामी दिनमा यसलाई व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले हेजिङ फण्ड स्थापनको प्रक्रिया अघि बढेको छ । हेजिङमा प्रवद्र्धक र विद्युत प्राधिकरणले जोखिम ब्योहर्ने गरी हेजिङ फण्ड स्थापनाको तयारी भइरहेको छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु