गृहपृष्ठ एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सहमति
एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सहमति
एभरेष्ट बैंक र क्यान्सर अस्पतालबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको बैंकले जनाएको छ ।
सम्झौतासँगै क्यान्सर हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैंकका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकले विशेष छुट पाउनेछन् । सम्झौताअनुसार एभरेष्ट बैंकका कार्ड होल्डरले हस्पिटलका सेवा रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैकका अफिसियल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका छन् । हाल एभरेष्ट बैकसँग ९ लाख ५० हजारभन्दा बढी ग्राहक छन् । क्यामल्स रेटिङमा नेपालका बैंकमध्य एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकका ८२ शाखा, ७ एक्टेन्सन काउन्टर, २८ रेभिन्यु संकलन केन्द्र तथा ११३ वटा एटिएम छन् ।
प्रकाशित समय २०:२१ बजे

















