गृहपृष्ठ कर्णाली प्रदेशसभा : प्रतिपक्षका माग अझै सम्बोधन भएन

कर्णाली प्रदेशसभा : प्रतिपक्षका माग अझै सम्बोधन भएन

karnali-province

प्रमुख प्रतिपक्ष दलहरुले राखेका मागहरुमा सम्बोधन नभएपछि कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनी बस्न सकेन । यो सँगै लगातार दोस्रो पटक कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध भएको छ ।

देशभरका सातवटा प्रदेशभन्दा अगाडि प्रदेशको राजधानी तोक्ने र प्रदेशको नाम राख्न कर्णाली प्रदेश सफल भए पनि प्रतिपक्षलाई मिलाएर अगाडि लैजान नसक्दा अप्ठ्यारो भएको छ । गत साउन २५ गते बैठक बसी करिब दुई महिना बैठक नबसेको कर्णाली प्रदेश सभाको बैठक यही असोज २३ गते बस्ने भनिएको थियो । तर बैठकमा प्रतिपक्षले विरोध जनाएपछि स्थगीत गरी २६ गते शुक्रबार बस्ने भनिए पनी अझै बैठक बस्न सकेन ।

कर्णाली प्रदेश सरकारले रातो किताब ननिकालेको, प्रदेशसभा सदस्यहरुको सेवासुविधा सम्बन्धी विधेयक नल्याएको र लामो समयसम्म पनि प्रदेशसभा बैठक सञ्चालन गर्न नसक्ने सरकारले सांसदहरुलाई काम दिन नसकेकोले यी तीन मागहरुमा सकारको ध्यान जाओस भनी संसद अवरुद्ध गरेका थियौं तर तीन दिन छलफल गर्दासमेत आफूहरुका मागहरु सम्बोधन हुने संकेत नभएपछि बैठक आजपनी बस्न नसकेको कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता सांसद जिवनबहादुर शाहिले बताए ।

उनले भने, ‘हामी पटक पटक सरकारका पक्षहरुसँग छलफलमा बस्यौं तर हाम्रा मागहरु सम्बोधन भएनन् । जबसम्म हाम्रा मागहरु सम्बोधन हुँदैनन् तबसम्म संसद अवरुद्ध गरिरहन्छौं ।’

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले दसैं नजिकिँदै गर्दा प्रतिपक्षका मागहरु यतिछिटै पूरा गर्न नसकिने भएकोले बैठक कात्र्तिक ११ गते आइतबार दिउँसो १ बजे सम्मको लागि स्थगीत भएको बताएका छन् ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु