गृहपृष्ठ फाइल लुकाएर सास्ती दिन्छन् राष्ट्र बैंकका कर्मचारी
फाइल लुकाएर सास्ती दिन्छन् राष्ट्र बैंकका कर्मचारी
काठमाडौं । राष्ट्र बैंकका कर्मचारीले फाइल लुकाएर व्यवस्थापनलाई सास्ति दिने गरेकाे पाइएकाे छ। यसरी सास्ती दिने गरेकाे डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले खुलाएका हुन्।
शिवाकाेटीले बैंकमा कार्यरत केही कर्मचारीले अनुशासन नाघेर काम गरेको बताए। उनले कर्मचारीले काम पूरा गर्ने नाममा बैंकलाई नै क्षेतिपुग्ने गरी काम गरेको बताए। साथै कारवाहीका लागि तयार पारिएका फायल समेत लुकाएको खुलासा वार्षिकोत्सवको क्रममा शिवाकोटीले गरे।
‘तोकिएको जिम्मेवारी पूरा गर्ने क्रममा बैंकको सम्पत्तिको हानी नोक्सना गर्ने, कारवाहीका फाइलहरू लुकाउने लगायतका अनुशासन हिन कार्यहरू प्रति बैंक व्यवस्थापन गम्भिर छ’ शिवाकोटीले भने।
कर्मचारीमा विकृत्ती बढ्दै गएको भन्दै शिवाकोटीले त्यस्ता कर्मचारीलाई कारवाही गर्ने तयारी भएको समेत बताएका छन्। ‘कर्मचारीले पोशाक सुविधा लिने तर पोशाक लगाउन उंलघन गर्ने, बैंकले प्रदान जिम्मेवारीको काम तोकिएको समयमा पूरा नगर्ने’ शिवाकाेटीले भने।
शिवाकोटीले यस्ता कर्मचारीलाई कारबाहीको तयारी भएको समेत बताएका छन्। एक पटकलाई सचेत गराइएको बताउँदै उनले अबका क्रममा नरोकिए कारबाही गर्ने बताए।
यस प्रकारको कार्य नरोकिएमा अनुशासन उंलघन कारबाही गरीने शिवाकाेटीले बताए।
प्रकाशित समय २०:५२ बजे

















