गृहपृष्ठ राष्ट्र बैंकमा कर्मचारी अभाव, देशभरकाे काम ९ सय कर्मचारीकाे भर

राष्ट्र बैंकमा कर्मचारी अभाव, देशभरकाे काम ९ सय कर्मचारीकाे भर

काठमाडाैं: केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा कर्मचारीकाे व्यापक अभाव भएकाे छ। कर्मचारीकाे अभावकाे कारण राष्ट्र बैंककाे दैनिक कामकारबाहीमा समेत प्रत्यक्ष प्रभाव परेकाे छ।

कुनै समय ४३ सय कर्मचारी कार्यरत राष्ट्र बैंकमा जेठ पछि भने साढे ९ सय कर्मचारी मात्रै रहनेछन्। “दिन दिनै अवकाश पाउनेहरूकाे संख्या बढेकाे बढै छ” राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले भने।

शुक्रबारसम्ममा राष्ट्र बैंकमा एक हजार २७ जना कर्मचारी कार्यरत छन्। जेठ मसान्तसम्म थप ८४ जनाले अवकाश पाउदैछन्।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिले कार्यरत कर्मचारी र पूर्व कर्मचारीलाई दिनुपर्ने व्यायभार उस्ता उस्तै पुगेकाे छ। कार्यरत कर्मचारीले अाैषत एक कर्मचारीले तीन कर्मचारी बराबरकाे काम गर्न परेकाे भन्दै साेही अनुसारकाे सेवा सुविधा दिन माग गरेका छन्।

“मेराे काम यति भनेर भएन, समय सकियाे भनेर काम नगरे र पनि भएन त्यसैले व्यवस्थापनले उचीत सुविधा दिन सक्नु पर्छ” एक कर्मचारीले भने।
राष्ट्र बैंकले पूर्व कर्मचारीलाई दिने दायित्व धेरै भएकाे भन्दै ३० वर्षे सेवा अवधि हटाइ नेपाल सरकारकै जस्तै बनाउने प्रवधान राखेकाे थियाे।

यस विषयमा कर्मचारीले समेत विराेध गर्दै अाएकाेमा लाेक सेवा अायाेगले पनि सहमति नजनाए पछि राेकिएकाे थियाे।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु