गृहपृष्ठ एनआईबिएल एस क्यापिटल चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा
एनआईबिएल एस क्यापिटल चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा
काठमाडौं । एनआईबिएल एस क्यापिटललाई सेयर निष्कासन तथा बिक्रि प्रवन्धकमा चौतारी लघुवित्त वित्तीय संस्था लि. ले नियुक्त गरेको छ । १०० रुपैयां प्रतिसेयरको दरमा लघुवित्तले ५ लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ ।
प्रकाशित समय १९:२१ बजे

















