गृहपृष्ठ नेपाल र यूएईबीचको खेल वर्षाका कारण ढिलाइ

नेपाल र यूएईबीचको खेल वर्षाका कारण ढिलाइ

Paras-khadka-newskarobar

नेपाल र यूएईबीच टि-ट्वान्टी शृंखलाको अन्तिम खेल सुरू हुन वर्षाका कारण ढिलाइ भएको छ । खेल २ः४५ बजे सुरु हुने तालिका भए पनि वर्षाका कारण ढिलाइ भएको आइसीसीले जनाएको छ ।

यसअघिका दुई खेलमा एक/एक जितको नतिजा निकालेका नेपाल र यूएई दुवै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

पहिलो खेलमा २१ रनको हार व्यहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ४ विकेटले पाखा लगाउँदै सिरिज बराबरीमा पुर्याएको हो । आजको खेल जित्ने टिमले टि–ट्वान्टी शृंखलामा कब्जा जमाउनेछ ।

यसअघि, एकिदवसीय शृंखलाको पहिलो खेलमा हार व्यहोरेको नेपालले बाँकी दुई खेल आफ्नो पक्षमा पार्दै सिरिज हात पारिसकेको छ । नेपालले टि–ट्वान्टीमा पनि सोही ढंगको नतिजा दोहो-याउने लक्ष्य बनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल-यूएई टि-२० शृंखलाको निर्णायक खेल आज, सिरिज जित्ने नेपालको लक्ष्य

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु