गृहपृष्ठ एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

ncc bank-newskarobar

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र प्रालि (हरिसिद्धि, ललितपुर) बीच बैंकका कर्मचारी र ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले नेपाल क्यान्सर अस्पतालका सेवामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले १२२ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु