गृहपृष्ठ मेगा बैंकको नाफामा ८६ प्रतिशत वृद्धि

मेगा बैंकको नाफामा ८६ प्रतिशत वृद्धि

मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । पहिलो त्रैमाससम्म बैंकको नाफा ४० करोड ४५ लाख थियो ।

बैंकको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको हो ।

२०७५ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ, जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ, जुन ६२ प्रतिशतको वृद्धि हो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २३ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु