गृहपृष्ठ तामाकोशी जलविद्युत् आयोजना मंसिरदेखि सञ्चालनमा : ऊर्जामन्त्री पुन
तामाकोशी जलविद्युत् आयोजना मंसिरदेखि सञ्चालनमा : ऊर्जामन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी मंसिरदेखि संचालनमा आउने बताएका छन् ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्न पुगेका मन्त्री पुनले मंसिरदेखि संचालनमा आउने बताएका हुन् ।
मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवका रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गम्भीर भएर काम गर्न निर्देशन दिए । सो आयोजनाको काम अहिलेसम्म ९८ प्रतिशत सकिएको छ ।
निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका थिए ।
प्रकाशित समय १५:५४ बजे

















