गृहपृष्ठ वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिने सवै कम्पनी अस्वीकृत
वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिने सवै कम्पनी अस्वीकृत
वस्तु विनिमय बजार संचालन गर्न निवेदन दिएका पाँच वटा प्रस्तावित कम्पनीलाई धितोपत्र बोर्डले पूर्व स्वीकृति दिन इन्कार गरेको छ । वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम ती कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले वस्तु विनिमय बजार सञ्चालन गर्न पूर्व स्वीकृति दिन नसकिएको बोर्डले जनाएको छ ।
मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुई वटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय गरी नयाँ आवेदन दिन चाहने आवेदकका लागि बोर्डले आव्हान गरेको थियो । यसरी वस्तु विनिमय बजार संचालनका लागि पूर्वस्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने बोर्डले जनाएको छ ।
इन्कार गरिएका आवेदकले समेत पूर्वस्वीकृतिका लागि पुनः आवेदन गर्न सक्ने छन् ।
प्रकाशित समय १७:२५ बजे

















