गृहपृष्ठ आर्थिक वृद्धि ६.८१ प्रतिशत, प्रतिव्यक्ति आय १०३४ डलर : तथ्यांक विभाग

आर्थिक वृद्धि ६.८१ प्रतिशत, प्रतिव्यक्ति आय १०३४ डलर : तथ्यांक विभाग

central-stastistical-bureau-newskarobar

केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले शुक्रबार सन् २०१८/१९ को राष्ट्रिय लेखा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहेको जनाएको हो ।

प्रतिवेदन अनुसार प्रतिव्यक्ति आय ३० डलर बढेर १ हजार ३४ डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो ।

नेपालको जीडीपीको आकार पनि बढेर ३४ खर्ब ६४ अर्ब ३१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । विभागले सातै प्रदेशको छुट्टाछुट्टै तथ्यांक पनि सार्वजनिक गरेको छ, जसअनुसार मुलुकको अर्थतन्त्रमा प्रदेश ३ को योगदान ४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु