गृहपृष्ठ चितवनको हाकिमचोकमा मुक्तिनाथ विकास बैंकको शाखा

चितवनको हाकिमचोकमा मुक्तिनाथ विकास बैंकको शाखा

muktinath-hakimchowk-newskarobar

मुक्तिनाथ विकास बैंकले चितवनको हाकिमचोकमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले शुक्रबार उद्घाटन गरेकी छन् ।

शाखा उद्घाटन गर्दै उपप्रमुख शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसलाई व्यवसायी बन्न पुर्याएको सहयोग उल्लेखनीय रहेको बताइन् । आगामी दिनमा अझ अझ गुणस्तरीय सेवा प्रदान गर्न पनि उनले सुझाव दिइन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी एवं भद्रभलाद्मीको उपस्थिति थियो ।

मुक्तिनाथ विकास बैंकका देशभर ११४ शाखा र २२ एटीएम काउन्टर छन् । ६ लाख ग्राहक रहेको बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सेवा प्रदान गर्नुका साथै देशभरका भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु