गृहपृष्ठ सुन प्रतितोला ६४ हजार, हालसम्मकै उच्च

सुन प्रतितोला ६४ हजार, हालसम्मकै उच्च

gold-newskarobar

सुन प्रतितोला ६४ हजार रूपैयाँ पुगेको छ । छापावाला हुन बुधबारको तुलनामा एकैदिन १ हजार रुपैयाँ बढेर ६४ हजार पुगेको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । फागुनमा छापावाला सुनको मूल्य प्रतितोला ६३ हजा ३०० रुपैयाँसम्म पुगेको थियो ।

नेपाली बजारमा तेजाबी सुन प्रतितोला ६३ हजार ७०० रूपैयाँ छ भने चाँदी प्रतितोला ७३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएपछि त्यसको असर नेपालमा पनि परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३ सय ९४ डलर पुगेको छ। यो पाँच ५ वर्षयताकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु