गृहपृष्ठ हरियोपत्तीको मूल्यको विरोधमा इलामका ५२ चिया उद्योग बन्द

हरियोपत्तीको मूल्यको विरोधमा इलामका ५२ चिया उद्योग बन्द

chiya-ilam-newskarobar

इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग बिहीबारबाट बन्द गरेका छन् । नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्यमीको संगठन सूर्योदय टी एसोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो ।

नगरपालिकाले बनाएको चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ अनुसार हरियोपत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ नघटाई किसानलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको तर गुणस्तरमा भने कुनै चासो नदेखाएको गुनासो एसोसिएसनको छ । गुणस्तरयुक्त चियापत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ दिन सकिए पनि त्योभन्दा कम गुणस्तरको चियापत्तीलाई उक्त मूल्य दिन चिया उद्योगले नसक्ने जनाउँदै आएको छ ।

नगरपालिकाले एक सुइरो दुई पातको चियापत्तीको मूल्य न्यूनतम प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । उक्त मापदण्डको पत्तीका लागि नगरपालिकाले तोकेको मूल्य किसानलाई तिर्न उद्योगी तयार छन् । तर, कम गुणस्तरका चियापत्तीलाई पनि सोही दर दिन उद्योगले भने अस्वीकार गर्दै आएको छ । चिया उद्योगीले चियापत्तीको गुणस्तर पहिचानको संयन्त्र बनाउन नगरपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले उद्योग बन्द गरेर आन्दोलनमा उत्रनुपरेको सूर्योदय टी एसोसिएसनले बताएको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु