गृहपृष्ठ सुनको मूल्य नयाँ उचाइमा

सुनको मूल्य नयाँ उचाइमा

gold-price-hike-newskarobar

सुनको मूल्यले शुक्रबार नयाँ उचाइ कायम गरेको छ । असार ६ गते ६५ हजार रुपैयाँको रेकर्ड बनाएको सुन शुक्रबार ६५ हजार ५ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साता सुनको मूल्य स्थिर रह्यो । साताभर ६४ हजार ५ सय रुपैयाँमा मात्रै कारोबार भएको महासंघले जनाएको छ । बिहीबार बढेर ६५ हजारमा कारोबार भएको सुनको मूल्य आज ५ सय बढेको हो । तेजाबी सुन ६५ हजार २ सय रूपैयाँमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार चाँदी ७७० रुपैयाँमा किनबेच भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु