गृहपृष्ठ नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

nepal-china-newskarobar

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार नेपाल र चिनियाँ अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौंमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा तीन सम्झौता भएको हो । सम्झौताअनुसार चीनले मनाङमा करिब ३५ करोड रुपैयाँ लागतमा अस्पताल बनाइदिनेछ । त्यस्तै, चीनले आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउनेछ । दुबै सम्झौतामा अर्थसचिव डा. राजन खनाल र चाइना इन्टरनेसनल डेभलपमेन्ट को-अपरेसन एजेन्सीका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । अर्को सम्झौता चिनियाँ स्वयंसेवक शिक्षक नेपाल आउने विषयमा भएको छ । यसमा शिक्षासचिव महेशप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु