गृहपृष्ठ दालमा बढी मूल्य लिएपछि बिगमार्टलाई तीन लाख जरिवाना
दालमा बढी मूल्य लिएपछि बिगमार्टलाई तीन लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिगमार्टलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । नियमित बजार अनुगमनका क्रममा बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको पाइएपछि विभागले हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।
त्यस्तै विभागले म्याद नाघेका सामान बिक्री गर्ने बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई पनि दुई लाख जरिवाना गराएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार बिगमार्टले एक किलो मासको दाललाई २७१ रुपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको हो ।
प्रकाशित समय २०:०९ बजे

















