गृहपृष्ठ कोरोना संक्रमणले अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने अनुमान
कोरोना संक्रमणले अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने अनुमान
फाइल तस्बिर।
अन्तर्राष्ट्रिय पर्यटनमा यो वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) ले कोरोनाभाइरस संक्रमणका कारण पर्यटक आवागमनमा उच्च दरमा कमी आउने प्रक्षेपण गरेको हो ।
यो वर्षको पहिलो चौमासिकमै पर्यटकको संख्यामा २२ प्रतिशतले कमी आएको पनि संगठनले जनाएको छ । कोरोना संक्रमणका कारण पृथ्वीका दसौँ लाख जीवजन्तुसमेत खतरामा रहेको र यसले दिगो विकास लक्ष्य (एसडिजी)लाई असर गर्ने देखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
‘रोजगारीका धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दसौँ लाख मानिसको रोजगारी संकटमा परेको छ,’ युएनडब्लुटिओका महासचिव जुराव पोलोलिकास्मिलीले भनेका छन् ।
कोरोनाभाइरसबाट सबैभन्दा धेरै एसिया प्रशान्त क्षेत्र र युरोपलगायतका देशमा प्रभाव परेको देखिएको छ । कोरोनाभाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले ठूलो क्षति भोग्नुपरेको छ ।
प्रकाशित समय १९:५७ बजे

















