गृहपृष्ठ सांसद प्रदीप यादव भन्छन्‑ विपदमा निजी अस्पतालले बिरामीलाई डन्डा लगाए

सांसद प्रदीप यादव भन्छन्‑ विपदमा निजी अस्पतालले बिरामीलाई डन्डा लगाए

pradeep-yadab-newskarobar फाइल तस्बिर

सांसद प्रदीप यादवले विपदको समयमा देशभरका कुनै पनि निजी अस्पताल काम नलागेको बताएका छन् । मंगलबारको संसद बैठकमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद यादवले भने, ‘अहिलेको जस्तो विपदको समयमा पनि काम नलाग्ने निजी अस्पताल कहिल्यै काम लाग्दैनन्, सरकारले प्रत्येक प्रदेशमा एक हजार शय्याका अस्पताल निर्माणका लागि बजेट छुट्याओस् ।’

उनले प्रत्येक स्थानीय तहमा पनि कम्तीमा ५० शय्याका अस्पताल र डाक्टर तैनाथ गर्नुपर्ने बताए । सरकारले ग्रामीण क्षेत्रमा अनिवार्य डाक्टर लैजाने व्यवस्था मिलाउनुपर्ने पनि उनको भनाइ छ ।सरकारले विपदबाट बच्न पाँच वर्षको रणनीति बनाएर जानुपर्ने उनले बताए ।

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु