गृहपृष्ठ नेप्सेमा एक घण्टा २६ मिनेटमै नेगेटिभ सर्किट, आजका लागि कारोबार बन्द

नेप्सेमा एक घण्टा २६ मिनेटमै नेगेटिभ सर्किट, आजका लागि कारोबार बन्द

लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारमा एक घण्टा २६ मिनेटमै सर्किट लागेको छ । धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित नियमित सञ्चालनमा ल्याइएकोमा सोही व्यवस्थाअनुसार बन्द भएको हो ।

चैत ९ गते आइतबारको कारोबारसँगै बन्द भएको सेयर बजार मंगलबार खुलेदेखि नै ओरालो लागेको थियो । नेपाल धितोपत्र बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलपछि दोस्रो बजार कारोबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा सञ्चालनमा ल्याउने निर्णय भएको थियो ।

नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेका छन् भने कुनै पनि कम्पनीको मूल्य बढेको छैन । मंगलबार सेयर बजार २५.३ अंकले घटेर १२२६.१५ अंकमा झरेको छ । त्यस्तै ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख रूपैयाँमा किनबेच भएको छ । नेप्से चैत ९ गते आइतबार १८.०२ अंकले घटेर १२५१.४५ अंकमा झरेको थियो ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु