गृहपृष्ठ सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट

सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट

Disability फाइल तस्बिर

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै किसिमका सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाउने जानकारी गराए ।

पूर्ण तथा अतिअशक्त अपांगता, ७० वर्ष उमेर पुगेका वृद्धवृद्धा, एकल महिलालगायतलाई सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु