गृहपृष्ठ व्यवसायीको मनोबल घट्यो भने माथि उठाउन सकिँदैन : अर्थमन्त्री
व्यवसायीको मनोबल घट्यो भने माथि उठाउन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीको मनोबल घट्यो भने माथि उठाउन नसकिने भएकाले राहत र अनुदानलाई विशेष केन्द्रमा राखेर बजेट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि जेठ १५ गते सार्वजनिक बजेटमाथिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले राहत र अनुदानलाई अघि नबढाउने हो भने जनजीवन पनि सामान्य हुन नसक्ने स्पष्ट पारे ।
बजेटले निजी क्षेत्रलाई प्रत्यक्ष राहत नदिएको आरोप लागिरहेका बेला अर्थमन्त्रीको यस्तो प्रस्टीकरण आएको हो । ‘अब सरकारले राहत र अनुदान नदिइकन अघि बढ्न सक्ने विश्व परिस्थिति छैन,’ उनले भने ।
प्रकाशित समय १५:५४ बजे

















