गृहपृष्ठ बढी मूल्य लिने के. के. मार्टलाई ३ लाख जरिवाना
बढी मूल्य लिने के. के. मार्टलाई ३ लाख जरिवाना
नेपाली वाइन बढी मूल्य बिक्री गर्ने के. के मार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरिएको छ । क्षेत्रपाटीमा रहेको के. के. मार्टले नेपाली वाइन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख जरिवाना तिराएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम जरिवाना तिराइएको विभागले जनाएको छ ।
प्रकाशित समय ०९:४८ बजे

















