गृहपृष्ठ सुनको मूल्य लगातार उकालो

सुनको मूल्य लगातार उकालो

लकडाउन अन्त्य भएसँगै कारोबार सुरू भएको सुनको मूल्य लगातार उकालो लाग्ने क्रममा छ । नेपाल सुनचाँची व्यावसायी महासंघका अनुसार साेमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँले कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँ बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार एक सय ६५ रुपैयाँ कायम भएको  थियो ।

चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु