गृहपृष्ठ पेट्रोल-डिजेलको मूल्यवृद्धि, हवाई इन्धन र एलपी ग्यासको यथावत
पेट्रोल-डिजेलको मूल्यवृद्धि, हवाई इन्धन र एलपी ग्यासको यथावत
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले मूल्यवृद्धि गरेको हो । यसअघि सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
१० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।
प्रकाशित समय २०:५० बजे

















