गृहपृष्ठ नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ,’ उनले भनिन्, ‘त्यसैले निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’ महासंघको निर्वाचन यही साउन २५ र २६ गते हुने तय भएको थियो ।

बैठकमा पदाधिकारी र आठ जना पूर्वअध्यक्ष सहभागी थिए । सबैले सरकारको निर्णय मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगित गर्ने निर्णय भएको हो ।

यसअघि चैत २८ र २९ गतेका लागि निर्वाचनको मिति तय गरिएको थियो । तर, सरकारले कोरोनाभाइरस फैलिन नदिन चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि स्थगित भएको थियो ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र विराटनगरका व्यवसायी किशोर प्रधानले प्यालनसहित उम्मेदवारी घोषणा गरिसकेका थिए ।

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु