गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकहजार ८ सय नाघेको छ । बिहीबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३० जनाको रिपोर्ट पोजेटिभ देखिएपछि संक्रमितको संख्या १ हजार ८ सय १३ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका अनुसार बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ६ र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा २४ जना नयाँ संक्रमित भेटिएका हुन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकाका ३, चौकुने गाउँपालिकाका २ र सल्यानको छत्रेश्वरी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै दैलेखको आठबिस नगरपालिकाका १२, महाबु गाउँपालिकाका ११ र डंगेश्वर गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।
हालसम्म कर्णालीमा १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ सय ५५ जनामा संक्रमित आइसोलेसनमा छन् ।
प्रकाशित समय १८:५२ बजे
















