गृहपृष्ठ सुनको मूल्य ३ सय रूपैयाँ बढ्यो
सुनको मूल्य ३ सय रूपैयाँ बढ्यो
निरन्तर वृद्धिको क्रममा रहेको सुनको मुल्य प्रतितोला एक लाखनजिक पुगेको छ । साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेको छ ।
आइतबार सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय पुगेको छ ।
त्यस्तै चाँदीको प्रतितोला १२ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:४८ बजे

















